आज मन्त्रिपरिषद् बैठक बस्दै, सचिव बढुवा हुने सम्भावना

0
Shares

काठमाडौैं ।  आज मन्त्रिपरिषद् बैठक बस्दै छ। बैठकले सचिव बढुवादेखि पुर्ननिर्माण प्राधिकरणमा नियुक्ति लगायतका नियुक्ति गर्ने सम्भावना छ।

सचिवको २ रिक्त पदमा ६ जना सहसचिवको नाम सिफारिस  भइसकेको छ। लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनाली अध्यक्षताको बढुवा सिफारिस समितिको बैठकले बरिष्ठताका आधारमा सचिव सिफारिस गरेको हो।

सहसचिवहरु तीर्थराज ढकाल, आनन्दराज ढकाल, केदार प्रसाद न्यौपाने, दिपक सुवेदी , चन्द्रमान श्रेष्ठ र सूर्य गौतम नाम सिफारिस भएको हो। उनीहरुमध्ये २ जनालाई सरकारले स्वविवेकका आधारमा सचिव बढुवा गर्ने छ। निजामती सेवा ऐनमा रिक्त पदको तेब्बर संख्यामा सिफारिस गर्नुपर्ने व्यवस्था छ।

शुक्रबारकै मन्त्रिपरिषद्ले सचिव बढुवा गर्ने सम्भावना छ।

Skip This