यमलाल भुसाल, वुटवल ।
प्रदेश नं. ५ को प्रदेश सभाको दोस्रो अधिवेशनको २५ औं वैठकले विभिन्न ३ वटा विधेयक पारित गरेको छ ।
आईतवारको बैठक प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले अवरोध गरेपछि सोमबारका लागि आह्वान गरिएको प्रदेश सभाको बैठकमा मुख्य मन्त्रीको अनुपस्थितीमा आन्त्तरिक मार्मिला तथा कानुमन्त्री कुल प्रसाद केसीले सभामा माग गरिएका विषएमा जानकारी गराउँदै सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने सबैधानिक व्यवस्था कार्यान्वयनको माग अदालतमा विचाराधिन भएकाले अदालतको फैसला नै अन्तिम हुने जानकारी गराउनु भएको हो ।
त्यसै गरी नेपाली काँग्रेसले उठाएको प्रदेश ५ को स्थायी राजधानी र प्रदेशको नामाकरणको सवालमा मन्त्री केसीले प्रदेशको अधिकारमा रहेका यी दुई विषयमा सभामुखलाई सबैले साथ दिन माग गर्नु भयो ।
उहाँले स्थायी राजधानी र प्रदेशको नामाकरणकालागि प्रकृया अगाडी बढाउनु मन्त्री केसीले सभामुखलाईआह्वान गर्नु भयो । प्रमुख प्रतिपक्षले उठाएका सवालमा मन्त्री केसीले सभालाई जानकारी गराए पछि सोमवारको बैठक सुचारु भएको हो ।
सोमवारको बैठकले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेकोे विधेयक पारित गरेको छ ।
त्यसैगरी प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारका मुख्य मन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसमितिले पारित भएको सभामुख पुर्ण बहादुर घर्तिले बताउनु भयो । अर्को बैठक साउन १७ गते बस्ने भएको छ ।








तपाईंको विचार लेख्नुहोस्