परीक्षा सञ्चालन गर्ने शिक्षकको भत्ता दोब्बर बढाउने त्रिविको निर्णय


नेपाल समाचारपत्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न तहको परीक्षा सञ्चालन गर्ने शिक्षक, कर्मचारी र सुरक्षाकर्मीको पारिश्रमिक बढाएको छ ।

साउन २ गते बसेको त्रिवि कार्यकारी परिषद्ले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने शिक्षक र कर्मचारीहरुको तलब दोब्बर वृद्धि गरेको हो । यससँगै अब स्नातक तहको परीक्षामा केन्द्रध्याक्षको भत्ता ४ सय ५० बाट बढेर ८ सय रुपैयाँ पुगेको छ भने सहायक केन्द्राध्यक्षको ३ सयबाट ६ सय पुगेको छ । यस्तै पर्यवेक्षकको ३ सयबाट ६ सय, निरीक्षकको २ सय ५० बाट ५ सय रुपैयाँ पुर्‍याइएको छ ।

त्यस्तै परीक्षा शाखामा काम गर्ने कर्मचारीको पारिश्रमिक एक सयबाट वृृद्धि गरी २ सय, सुरक्षाकर्मीको ६० बाट बढेर १ सय रुपैयाँ पुगेको छ । कार्यालय सहयोगीको भत्ता ७५ बाट बढेर एक सय रुपैयाँ पुगेको छ ।

त्यस्तै निरीक्षकको ३ सयबाट ६ सय, कर्मचारीको १ सय २५ बाट २ सय ५०, सुरक्षाकर्मीको ६० बाट एक सय रुपैयाँ र कार्यालय सहयोगीको ८० रुपैयाँबाट वृद्धि गरी १ सय ६० रुपैयाँ भत्ता कायम गरिएको छ । बढाइएको पारिश्रमिक साउन ६ गतेदेखि सुरु भएका चार वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षादेखि लागु भइसकेको छ ।

यस्तो छ निर्णय

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।