तदर्थवादमा काँग्रेस चल्न सक्दैनः नेता कोइराला


नेपालगन्ज ।
जननायक स्व विपी कोइरालाको ३६औँ स्मृति दिवसका अवसरमा ‘विपी, राष्ट्रिय राजनीति र नेपाली काँग्रेस विषयमा आज यहाँ छलफल गरियो ।

कार्यक्रममा सो दलका नेता डा. शेखर कोइरालाले विपी कोइरालाले देखाएको समाजवादी बाटो काँग्रेसले नबिराएको बताउनुभयो । उहाँले नेपाली काँग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ र लोकतन्त्र कमजोर भयो भने देश नै कमजोर हुने तर्क राख्नुभयो ।

नेता कोइरालाले पार्टीका भातृसंस्थाको अधिवेशन नभएको दुई÷तीन वर्ष भइसक्यो, अब तदर्थवादमा काँग्रेस चल्न सक्दैन, विधिको शासन र विधानलाई टेकेर गएमा मात्र काँग्रेस अघि बढ्न सक्छ भन्नुभयो ।

त्यस अवसरमा काँग्रेसका युवा नेता प्रदीप पौडेल, बर्दिया काँग्रेसका सभापति संजय गौतमलगायतले विपीको योगदानको चर्चा गर्नु भएको थियो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।