अस्पताल परिसरमा प्रहरीको लाठीचार्जसहति अश्रुग्याँस प्रहार (फोटोफिचर)

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारले डा. गोविन्द केसीलाई अपहरण गर्न लागेको भन्दै प्रतिरक्षामा उत्रेका जुम्ली आमा, विद्यार्थीदेखि सर्वसाधरणमाथि प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले जुम्ला स्थानीयमाथि लाठीचार्ज गर्नुका साथै अश्रुग्याँस समेत प्रहार गरेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुलगेटमा बसेका महिला तथा सर्वसाधरणहरुलाई तितरबितर बनाएर प्रहरीहरु अस्पतालभित्र छिरेका छन्। उनीहरुले बलजफ्ती गरेर भए पनि डा केसीलाई काठमाडौं ल्याउने तयारी गरेका हुन् । लाठी चार्ज र अश्रुग्याँस प्रहारमा विद्यार्थी र सर्वसाधारण घाइते ।

काठमाडौबाट नेपाली सेनाको हेलिकप्टर लिएर जुम्ला स्थिति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेको सरकारी टोली भने डा.केसीलाई ल्याउने वातावरण नभएपछि अस्पताल परिसरमा भेला भएका नागरिक समाजप्रति आक्रोशित भै लाठी चार्ज गरि जुम्ली आमाहरुलाई तितरबित्तर पारि अस्पताल भित्र प्रवेश गरेका छन् । डा.केसीलाई सरकारी टोलीले मनाउँदै गरेको बुझिएको छ ।

Skip This