अाज पुरा हाेला त गोविन्द केसीको माग ?


काठमाडाैं । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै जुम्लामा अनशनरत डा. गोविन्द केसी पक्ष र सरकारबीच आज पुनः दोस्रो चरणको वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालय सिंहदरबारमा जारी वर्तामा डा. केसीका माग सम्बोधन गर्न गठित सरकारी समिति र केसी पक्षबीच हिजो भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि आज पुनः दोस्रो चरणको वार्ता आयोजना गरिएको हो ।

पहिले केसीको अनशन तोडाएर मात्रै मागबारे छलफलमा जाने सरकार पक्षको जोड र संसदमा दर्ता गरिएको चिकित्सा शिक्षा विधेयक फिर्ता गराएपछि मात्रै अन्य विषयवस्तुमा प्रवेश गर्ने केसी पक्षको अडानका कारण वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।

केसी पक्षले संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ताको माग गरेको छ । आजको वार्तामा पनि यिनै विषयमा सहमति खोजिने छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।