टिपर दुर्घटनामा १९ को मृत्यु



दुर्गाप्रसाद शर्मा
पर्वत । हिमालपारीको जिल्ला मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३ स्याङबोचेमा टिपर दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन ।

राष्ट्रिय गौरबको उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर निर्माणमा संलग्न मजदुर बोकेको बा २ क २२१९ नम्बरको टिपर घिलिङ र स्याङबोचेको बीच भागमा शुक्रबार दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनामा परी ज्यान गुमाएका मजदुरको पहिचान खुलिसकेको छ भने घाइते मध्ये पनि ८ जनाको पहिचान खुलेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जानकारी दिएको छ ।

दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा दाङका बालकुमार घर्ती, रोल्पाका सुकमान रोका, धादिङका टिपर चालक सुजन घलान, सिन्धुलीका जीवन माझी, कैलालीकी बिन्ती घर्ती, रोल्पाका महेश रोका, कपिलबस्तुका कमानसिंह रोका,दाङकी कविता घर्ती, रोल्पाका राकुमार पुन रहेका छन ।
यसैगरी अन्त्य मृतकहरुमा दाङका सुबेल चौधरी, कैलालीकी बिनीता घर्ती, दाङकी शान्ति थापा, रोल्पाका सन्तु घर्ती, स्याङजाका किरण क्षेत्री, दाङका कल बुढा, रोल्पाकी जीतमाया घर्ती, रोल्पाकै सृजना मगर, रोल्पाकै राष्ट्रिय रोका र दाङका गुर्जा थापा रहेका छन ।

कालीगण्डकी करिडोरको जोमसोम–लोमाङथान सडकखण्डमा काम गरिरहेका मजदुरहरु बिहानको खाना खाएर काममा फर्केने क्रममा दुर्घटनामा परेका थिए । भर्खर निर्माण गरिएको सडकमा रहेका खाल्डाखुल्डीमा अनियन्त्रित भई टिपर दुर्घटनामा परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिनुभयो ।

दुर्घटनास्थल मुस्ताङको सदरमुकामबाट ५ घण्टाको दुरीमा छ । दुर्घटनामा परि ज्यान गुमाएकाहरुको शब र घाइतेहरुलाई जोमसोम ल्याइसकिएको छ । घाइते मध्ये ४ जनालाई एयर डाइनेष्टीको हेलिकोप्टरबाट उपचारका लागि पोखरा पु¥याइएको छ भने बाँकी घाइतेलाई पनि उपचारका लागि पोखरा पठाउने तयारी भैरहेको छ ।

पोखराबाट नेपाली सेनाको हेलिकोप्टर मगाइएको र आउने बित्तिकै पठाउने तयारी भैरहेको प्रजिअ पौडेलले बताउनुभयो । पोखरा पठाइएका घाइतेहरुमा बिकेश माझी, बिमल घर्ती र निरज पुनको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । जीपबाट आएका सेन मगर दाङ, दीपक पुन सुनसरी, बिष्णु पुन पोखरा पठाउने तयारी भैरहेको छ । दुर्घटना भएपछि घमी प्रहरी चौकीबाट पुगेका प्रहरी र स्थानियले उद्दार गरेका थिए ।

दुर्घटनामा परर थिए। निर्माणमा संलग्न टिपरमा वरुवा कन्सट्रक्सन प्रालिले उक्त सडकखण्डमा काम गरिरहेको थियो। टिप्पर सडकबाट ६० मिटरभन्दा तल खसेको छ। घाइते मध्ये १० जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भएको छ। बाँकी ५ जनाको जिल्लामै उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।मृत्यु हुनेहरूको सनाखत हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्