अपडेट : मुस्ताङमा ट्रिपर दुर्घटनामा, ज्यान गुमाउनेको संख्या २० पुग्यो



काठमाडौँ । दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

हिमालपारिको जिल्ला मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा कम्तिमा २० जनाको मृत्यु भएको छ । आज दिउँसो भएको उक्त दुर्घटनामा परि १७ जना घाईते भएको बताइएको छ ।

जोमसोम–कोरला सडक बनाउन कामदार बोकेर गएको बा २ क २२१९ नम्बरको ट्रिपर कच्चि सडकमा सन्तुलन गुमाउँदा दुर्घटनामा परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते भएकाहरुको उद्धारको तयारी भईरहेको छ ।

उद्धारका लागि एयर डाइनेष्टिको हेलिकोप्टर काठमाडौंबाट जाँदै गरेको र सेनाको हेलिकोप्टर पनि माग गरेको पौडेलले बताए । पहाडी जिल्लाबाट कामका लागि गएका मजदुर सवार ट्रिपर दुर्घटनामा परेको हो ।

मृतकको सनाखत हुन सकेको छैन । गाडी सडकबाट करिब ६० मिटर तल खोँचमा खसेको छ । जोमसोम–कोरला खण्डको भेनामदेखी झैतेसम्मको सडकमा काम गर्ने ती कामदार बिहानको खाना खाएर काममा फर्कदै गर्दा ट्रिपर दुर्घटनामा परेको सिडिओ पौडेलले जानकारी दिए । घटनास्थल जोमसोमदेखि ५ घण्टा टाढा पर्छ ।

प्रतिक्रिया दिनुहोस्