नेकपाको बैठक बालुवाटारमा शुरु, नेताहरुको कार्यविभाजन र संसदीय समिति गठन मुख्य एजेन्डा


नेपाल समाचारपत्र, काठमाडौं ।

नेकपाले पार्टी सचिवालय बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा शुरु भएको छ । यस अघि प्रधानमन्त्रीको चीन भ्रमण अगाडि असार २ गते पार्टीको सचिवालय वैठक बसेको थियो । बैठकले पार्टी विधान र नियमावलीसहितको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्ने अपेक्षा गरिएको छ ।

९ सदस्यीय नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्रीको केपी ओलीको चीन भ्रमणको समीक्षा, एकीकृत पार्टीका आन्तरिक काम, शिक्षा विद्येयक, नेताहरुको कार्यविभाजन र संसदीय समिति गठन लगायतका विषयमा छलफल हुने बताइएको छ । नेकपाले यस अघि विभिन्न भातृ संगठनहरुको एकताका लागि कार्यदल बनाएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।