१२ जिल्ला न्यायाधीशको शपथ



काठमाडौं, (नेस) । भर्खरै नियुक्ति पाएका २२ जना जिल्ला न्यायाधीशहरुले शपथ लिएका छन् । न्याय परिषद्बाट सिफारिस भएका जिल्ला न्यायाधीशलाई एक कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथ गराइएको हो ।

शपथ ग्रहण गर्ने न्यायाधीशहरुमा चाणक्यमणि अर्याल, खिमानन्द भुसाल, सुदर्शन लामिछाने, टिकेन्द्र दाहाल, कपिलमणि गौतम, विदुर काफ्ले, ध्रुवकुमार उप्रेती, माधवप्रसाद सुवेदी, मणिराम न्यौपाने, गीता श्रेष्ठ चन्द्रकान्त पौडेल, देवप्रसाद योगी, दिलप्रसाद सापकोटा, वसन्तजंग थापा, श्यामलाल घिमिरे, प्रेमप्रसाद न्यौपाने, प्रल्हादकुमार योगी, दिनबन्धु बराल, विनोद खतिवडा, दण्डपाणि लामिछाने, दुर्गा खड्का र राजेशकुमार कटुवाल हुनुहुन्छ ।

उहाँहरुलाइ उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा शपथ खुवाउनुभएको हो । न्यायपरिषद्को गत असार ७ गते बसेको बैठकले २२ जनालाई जिल्ला न्यायाधीशमा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीसमक्ष सिफारिस गरेको थियो ।

नेपाल न्याय सेवाका उपसचिव वा सोसरहका राजपत्रांकित द्वितीय श्रेणीमा कार्यरत न्यायाधीशहरु संविधानको धारा १४९ को उपधारा ९१० बमोजिम बढुवा भइ जिल्ला न्यायाधीशमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्