काभ्रे । करिब १२ यात्रु सवार मिनी ट्रक काभ्रेको बनेपा–५ रबिओपीमा दुर्घटना भएर आगो लागेको छ । देवीटारबाट बनेपा तर्फ आउँदै गरेको बा ४ ख ३४१२ नम्बरको मिनि ट्रकमा आगो लागेको हो ।
सो मिनी ट्रक सडकबाट करिब ३० मिटर तल खसेको छ । घटनाबारे बिस्तृत विवरण आउन बाँकी छ ।