मुस्लिम महिलालाई सचेतना तालिम


विराटनगर, (नेस)
बालविवाह र बहुविवाह न्युनिकरण गर्ने उद्देश्यले विराटनगरका मुस्लिम महिलाहरुलाई दुईदिने सचेतना तालिम दिइएको छ । विराटनगर महानगरपालिकाको सहयोग र अल आमना मुस्लिम महिला नेपालको आयोजनामा विराटनगरका विभिन्न वडाका मुस्लिम महिलाहरुलाई सचेतना तालिम दिइएको हो ।

विराटनगर–६ सरौचियास्थित इस्लामिक संघमा आयोजित कार्यक्रमकाबीच दुईदिन दिन अघिदेखि आयोजना गरिएको तालिम समापन भएको हो । तालिमका सहभागिलाई अधिवक्ता मिना गिरिले बालविवाह र बहुविवाहका नकारात्मक पक्ष र कानुनी ब्यवस्था लगायतको बिषयमा जानकारी दिनुभएको थियो ।

तालिम समापनको क्रममा विराटनगर महानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख डिल्ली धिमाल, इस्लामिक संघ नेपालका केन्द्रीय सदस्य मोहम्मद अफजल हुसैन गूल्जार र आयोजक संस्थाकी अध्यक्ष मदिना खातुनले प्रमाणपत्र वितरण गर्नुभयो । तालिममा विराटनगरको वडा नम्बर ५,६ र ९ का २७ जना मुस्लिम महिला, युवती र किशोरी सहभागि भएका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।