दुई पसलमा शिलबन्दी


काठमाडौँ

नियम विपरीत सञ्चालन गरेको पाइएपछि काठमाडौँ उपत्यकाका दुई पसलमा आज शिलबन्दी गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा कलङ्कीस्थित माया ट्रेडर्स र नयाँ बानेश्वरमा रहेको फुड एण्ड एलाइट स्टोर बन्द गरिएको हो । ठूलो मात्रामा म्याद नाघेको औषधि बिक्रीका लागि राखिएको, मूल्यसूची र नामपाटीे तथा व्यवसाय दर्ता र नापतौल प्रमाणीकरण नभएकाले सञ्चालक स्वंयम्को जिम्मामा रहने गरी ती दुवै पसललाई बन्द गरी केही निर्देशन पूरा गरी सात दिनभित्र विभागमा आउन भनिएको अनुगमन संयोजक सुभाष चापागाईँले बताउनुभयो ।

म्याद नाघेको सामग्री बिक्री वितरण गरिएको, गोदाममा विभिन्न खाद्य सामग्री पोको नपारिएको, लेबलिङ स्टिकर कहाँबाट प्राप्त भएको स्पष्ट नभएको र मसला पसल ब्राण्ड उल्लिखित नभएको हुँदा सोको स्पष्टीकरणसहित ललितपुर, पुल्चोकमा रहेको सेलवेज डिपार्टमेन्टल स्टोर प्रालि र लगनखेलमा रहेको अनुपम ट्रेडर्सलाई २४ घण्टाभित्र विभागमा आउन निर्देशन दिइएको छ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।