राप्रपा एकता वार्ता सकारात्मक


काठमाडौं (नेस) ।नेस राप्रपा र राप्रपा प्रजातान्त्रिक बिच एकता वार्ता मंगलबार देखि सुरुवात भएको छ । सो वार्तामा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष टंक ढकाल र महामन्त्री राजेन्द्र लिङदेन तथा राप्रपा प्रजातान्त्रिकबाट दिपक बोहरा, विक्रम पाण्डे र ठाकुर शर्माको सहभागिता रहेको थियो । प्रथम चरणको एकता वार्ता सकारात्मक रहेको र चाँडै अर्को पटक बस्ने सहमती भएको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले बताउनुभयो । वार्ताको लागि दुवै राप्रपाले यसअघि नै समिति बनाएका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।