प्रदेशसभा बैठक स्थगित


बुटवल,  प्रदेश नं ५ मा आज प्रतिपक्ष नेपाली काँग्रेसको विरोधका कारण प्रदेशसभाको बैठक केही समयका लागि स्थगन भएको छ ।

प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले अवरोध सिर्जना भएको कारण दर्शाउँदै २० मिनेटका लागि प्रदेशसभाको बैठक स्थगन भएको घोषणा गर्नुभयो ।

प्रदेशसभा शुरु भएलगत्तै काँग्रेसका डिल्लीबहादुर चौधरीले बजेट विनियोजनमाथि आपत्ति जनाउँदै संसद्को कार्वाही अघि बढ्न नसक्ने जिकिर गर्नुभएको थियो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।