मन्त्री नै अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित


नेपाल समाचारपत्र, काठमाडौँ ।
प्रतिनिधिसभा बेठकमा मन्त्रालयगत बजेट विनियोजनमाथि छलफल जारी छ । आइतबार महिला बालबालिका, संघीय मामिला, सहरी विकास र वन मन्त्रालयको बजेटमाथि छलफल भइरहेको थियो ।

तर, सम्बन्धी मन्त्री नै अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बैठकमा सांसदहरुको उपस्थिति न्यून थियो नै तर, छलफल भएका चारवटै मन्त्रालयका मन्त्री उपस्थित नभएका कारण बैठक स्थगित भएको हो ।

कांग्रेस सांसद अमरेशकुमार सिंहले संसद नियमावलीमा सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य भएको भनिएको तर, बैठकमा चार जनामध्ये कोही पनि उपस्थित नभएको भन्दै उनले नियमापत्ति गरेका थिए ।

त्यस लगत्तै संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।