प्रम ओलीको चीन भ्रमणको क्रममा आठ भन्दा बढि सम्झौतामा हस्ताक्षर हुने


काठमाडौं । अत्यन्तै ढिलो गरी सार्वजनिक गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा कम्तीमा आठ वटा सम्झौतामा हस्ताक्षर हुने लगभग निश्चित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी असार ५ गतेदेखि हुने चीनको औपचारिक भ्रमणका कार्यसूची अनुसार प्रम ओलीको टोलीले चीनको छ दिने औपचारिक भ्रमणको क्रममा आपसी सहयोग, व्यापार अभिवृद्धि, कृषि परियोजना विस्तार, रेलमार्गसहितका सम्झौतामा हस्ताक्षर हुने परराष्ट्र सूत्रले जनाएको छ । परराष्ट्र मन्त्री ज्ञवालीले भ्रमणको समयमा गरिने सम्झौताको सम्बन्धमा दुवै देशले गृहकार्य गरिरहेको जनाएका छन् ।

चिनियाँ राष्ट्रपति सि जिनपिङले विशेष महत्व दिएको भ्रमणमा वान बेल्ट वान रोडका सम्बन्धमा समेत ठोस सम्झौता हुनेछ । यद्यपि सो परियोजना अन्तर्गत नेपालले आयोजनाहरुको स्पष्ट भिजन बनाउन नसक्दा थप छलफल जरुरी देखिएको छ । वान बेल्ट वान रोड अन्तर्गत सञ्चालन हुने रेल मार्ग आसपासमा नेपालले के कस्ता ठूला निर्यातमुखी उद्योग र कलकाखाना सञ्चालन गरेर परियोजनाको उपयोग गर्ने भन्ने ठोस खाका बनाउन सकेको छैन ।

आगामी असार ५ गतेदेखि १० गतेसम्म हुने चीन भ्रमणको क्रममा मुख्य निम्न सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको छ ।

१. चीनको स्वशासित क्षेत्र (तिब्बत) का राजमार्ग खाद्यान्न ढुवानीका निम्ति आठ वटा सीमा नाका खोल्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
२. केरुङ–काठमाडौं रेल मार्ग निर्माण सम्बन्धी थप प्रक्रियामा हस्ताक्षर
३. नेपाल–चीनको परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना सम्बन्धी सहमति पत्रमा हस्ताक्षर
४. रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानीमा चिनियाँ सहयोगमा निर्माण हुने ‘नेपाल–चीन मैत्री पुल’ निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
५. नेपालको उत्पादन क्षमता अभिवृद्धि सम्बन्धमा नेपाल र चीनका अर्थ मन्त्रालयबीच सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर
६. ऊर्जा सहायता तथा सीमापार प्रसारण लाइन निर्माण सम्बन्धमा हस्ताक्षर
७. कृषि उत्पादन बृद्धि गर्ने ठोस परियोनजामा साझेदारी
८. सात वटै प्रदेशमा विपद् व्यवस्थापन तथा उद्धार केन्द्र निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।