नयाँ हवाइ नाका सम्बन्धमा नेपाल–भारत वार्ता जारी


नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल–भारत नयाँ हवाई नाका खुलाउने सम्बन्धमा वार्ता भइरहेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधिसँग नेपालगञ्ज र भैरहवाबाट नयाँ हवाइ नाका खुलाउनेबारे बिहीबार वार्ता भइरहेको बताइएको छ ।

}भारत–नेपाल रेलमार्गको चर्चा भैरहेका बेला नयाँ हवाइ नाकाको बारेमा बिहिबार वार्ता गरिएको हो ।

नयाँ हवाइ नाका खुलेमा भैरहवा र नेपालगञ्जबाट नेपाल–भारत हवाइ उडानको बाटो खुल्ने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।