ट्रिपरले स्कुटरलाई ठक्कर दिदाँ एकको मृत्यु



भक्तपुर, (नेस) । अरनिको राजमार्ग अन्तर्गत जडिबुटीमा बा.४ ख. ३५५८ नम्बर ट्रिपरले पछाडिबाट बा. ७० प. ९३९९ स्कुटरलाई ठक्कर दिदाँ स्कुटर पछाडि सवार काभ्रेपलान्चोक घर भएकी अस्मिता भण्डारीको मृत्यु भएको छ ।

कोटेश्वर प्रहरी प्रभागले जानकारी दिएको जानकारी अनुसार जडिबुटीमा बालुवा बोकेर कोटेश्वर तर्फ जादै गरेको ट्रिपरले कोटेश्वर तर्फ नै गइरहेको स्कुटरलाई ठक्कर दिदाँ स्कुटरका चालक आषिश उप्रेती भने सामान्य घाईते भएको प्रहरीको भनाई छ । घाईते भण्डारीलाई उपचारका लागि ललितपुरस्थित बि.एण्ड बि. अस्पतालमा लगिएकोमा अस्पतालले मृत्यु भएको जानकारी गराएको हो ।

दुर्घटना पछि आक्रोशित भिडले ठक्कर दिने ट्रिपरमा आगो लगार्ईदिएका छन् । आगोलागीबाट ट्रिपरमा क्षति पुगेको छ भने ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनापछि सडक बन्द हुँदा कोटेश्वरबाट पेप्सिकोला तथा कोटेश्वरबाट भक्तपुर तर्फ जाने सवारी साधनहरु एकघण्टा प्रभावित भएको थियो । काठमाडौंबाट आएको दमकलले ट्रिपरमा लगाएको आगो नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्