७० लाख ठगी गर्न थापा र श्रेष्ठ पक्राउ


काठमाडौं, (नेस)  । सरकारी कोटामा कोरिया पठाउने आश्वासन दिएर ठगेको अभियोगमा प्रहरीले लमजुङका मीनवहादुर थापा र जोसेफ श्रेष्ठलाई बुधबार पक्राउ गरेको छ ।

थापा र श्रेष्ठले कोरीया पठाइदिने बाहनामा नौ जना व्यक्तिबाट ७९ लाख ६५ हजार आठ सय रुपैंया ठगी गरेको अनुसन्धानबाट खुल्न आएको हो । काठमाडौंको पुतलीसडकबाट पक्राउ परेका उनिहरुलाई कारवाहीको लागी बैदेशिक रोजगार बिभाग बुद्धनगर, काठमाडौ पठाइएको केन्द्रिय अनुसन्धान व्यूरोले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।