न्यायमूलक समाज निर्माण गर्नेमा मन्त्री थापाको जोड


भक्तपुर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले अहिलेको स्थिर सरकारले देशलाई आर्थिक, विकास र सामाजिक रुपमा समृद्ध बनाउँदै न्यायमूलक समाज निर्माण गर्ने बताउनुभएको छ ।

आज गठ्ठाघरस्थित आस्था महिला विद्यालयको दशौँ वार्षिकोत्सवमा उहाँले संविधानको मर्मलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सबै जनताको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । जनताको साथ र सहयोग रहेमा आगामी पाँच वर्षभित्र सरकारले सजिलै देशको आमूल परिवर्तन गर्दै आर्थिक र सामाजिक रुपमा देशलाई समृद्ध बनाउन सक्ने जानकारी दिनुभयो ।

शिक्षा मन्त्रालयका उपसचिव बद्री पौडेलले महिलाले स्थापना गरेको यो विद्यालय नमूनाका रुपमा अगाडि बढेको चर्चा गर्नुभयो ।

पूर्वसभासद् केदार सञ्जेल, मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, विद्यालयकी प्रिन्सिपल पार्वती ज्ञवाली लगायतले पढाइ छाडेर वा पढाइबाट वञ्चित भएर बसेका महिलाका लागि यो विद्यालय बरदान साबित भएको चर्चा गर्नुभयो ।

त्यस अवसरमा विद्यालयले प्रकाशित गरेको ‘आस्था’ स्मारिका लोकार्पण गर्नुका साथै विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।