नेकपाका नेता नेपाल र श्रेष्ठ स्वदेश फिर्ता


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ १० दिनको ब्राजिल भ्रमण पूरा गरी जेठ २९ गते  स्वदेश फिर्ता भएका छन् ।

ब्राजिलको फ्लोरेस्टन फर्नाण्डेज नेशनल स्कूलको अध्ययन भ्रमणमा गएका नेता नेपालले त्यहाँ माक्र्सवाद र जनवादसम्बन्धी प्रवचन दिएका थिए  ।

त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री नेपालले नेपालमा वामपन्थीको एकताप्रति अन्तर्राष्ट्रिय समुदायले खुशी व्यक्त गरेको जानकारी दिए  ।

ब्राजिलमा रहँदा उनीहरुले ब्राजिलियन वर्कस पार्टीका नेता तथा सो पार्टी सम्बद्ध बुद्धिजीवीसँग दुई पार्टीबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल गरेका थिए।  (फोटो बिष्णु रिजालको फ़ेसबुकबाट)

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।