संवैधानिक परिषद्को बैठक बस्दै, दीपकराज जोशी प्रधानन्यायाधीश बन्लान ?


काठमाडौं । संवैधानिक परिषदको बैठक आज साँझ ५ बजे बस्दै छ । प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बैठक बस्न लागेको हो । परिषदले नाम सिफारिस गरेपछि संसदीय सुनुवाई हुँदै राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने संवैधानिक व्यवस्था छ । संसदका दुवै सदनको नियमावली पारित भएसँगै संसदीय सुनुवाई विशेष समिति गठनको बाटो खुलेपछि सिफारिसका लागि बैठक बस्न लागेको हो ।

यसअघि न्यायपरिषद सचिवालयले बरिष्ठताका आधारमा क्रमशः कामु प्रधानन्यायाधीश दिपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमसेर जबराको नाम सिफारिस गरेको छ । यदि परम्परा ताडिएन भने बैठकले दीपकराज जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गर्नेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।