एसएमएसबाटै यसरी थाहा पाउन सकिन्छ लाइसेन्स बारे जानकारी


काठमाडाैं । अब सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा पास भए–नभएको जानकारी एसएमएसबाटै लिन सकिने ब्यबस्था गरीएकाे छ । आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए–नभएको थाहा पाउन पनि एसएमएसकाे माध्यमबाट थाहा पाउन सिकने भएकाे छ ।

यातायात व्यवस्था विभागले एसएमएस गरेर नतिजा र स्मार्ट लाइसेन्स प्रिन्ट भए-नभएको थाहा पाउने सकिने सिस्टम सञ्चालनमा ल्याएको हो ।

सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा थाहा पाउन WT लेखेर एउटा स्पेस छाडेर एप्लिकेन्ट आईडी टाइप गरेर (WT‹space›Applicant ID) ३१००३मा एसएमएस गर्न सकिनेछ ।

त्यसैगरी विभागले आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भएरनभएको थाहा पाउन पनि एसएमएसको सुविधा सुरु गरेको छ । यसका लागि LC टाइप गरी एक स्पेश दिएर एप्लिकेन्ट आईडी टाइप गरी (LC‹space›Applicant ID) ३१००३मा एसएमएस गर्न सकिने छ ।

विभागले हालै ४ वटा स्मार्ट कार्डप्रिन्ट गर्ने मेसिन ल्याएको छ । अहिले झण्डै ३ लाख सेवाग्राही लाइसेन्स कुरिरहेका छन् । अबको २ महिनाभित्र लाइसेन्सका अभावसम्बन्धी सम्पूर्ण समस्या हट्ने विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।