निर्दाेष ब्यक्तिमाथि प्रहरीकै चरम यातना


नेपाल समाचारपत्र, सुनसरी ।

सुनसरीको इटहरीमा निर्दाेष ब्यक्तिलाई प्रहरीले चरम यातना दिएको खुलासा भएको छ ।

गाजा खाएको आरोपमा प्रक्राउ परेका इटहरी ५ का २१ बर्षिय सन्तोष भण्डारीलाई आफूले आवेशमा आएर यातना दिएको प्रहरी सहायक निरिक्षक रमेश कटुवालले स्वीकार गरेपछि घटना बाहिरिएको हो ।

गत जेठ ६ गते साझ इटहरी ५ का २१ बर्षिय सन्तोष भण्डारीलाई अस्थाई प्रहरी चौकी जनता बस्तीको कार्यालय भित्र यातना दिइएको हो ।

भण्डारीलाई चौकीका असई रमेश कटुवालले कार्यालय भित्र बाधेर उधोमुन्टो पारी बुट र पाईपले पिटेका हुन । ६ गते साझ जनता बहुमुखी कलेज नजिकबाट भण्डारीलाई कटुवाल र अर्का असई केशब थापाले नियन्त्रणमा लिएका थिए । प्रहरी जनता कलेज आसपास युुवाहरुले गाँजा खाएको सुचनाको आधारमा त्यहाँ पुगेको थियो ।

गाँजा खाने युवाहरु प्रहरी देखेर फरार भएका थिए भने भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई नियन्त्रणमा लिई चौकीमा उधोमुन्टो पारी एक घण्टासम्म असई कटुवालले यातना दिएका थिए । उधोमुन्टो पार्दा भण्डारीको आखा र टाँउकोमा रगत जमेको छ भने शरिरभर निल डामको दाग प्रष्ट देख्न सकिन्छ ।

‘त पनि गाँजा खाने हैन भन्दै पिट्दैपिट्दै चौकी पुराइयो’, भण्डारीले भने, चौकीमा पाईप र बुटले शरिरभर निलडाम हुने गरि पिटे । असई कटुवालले गाँजा किन खाएको कहाँदेखि ल्याएको भन्दै कुटपिट गरेको भण्डारी बताउँछन । पछि खानतलासी गर्दा गाँजा काट्ने मेशिन र चिलिम भेटिएको भनी कागजमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको भण्डारीको भनाई छ ।

प्रहरीले उनलाई भोलि पल्ट बिहान छाडेको थियो । यता कुटपिटमा संलग्न असई रमेश कटुवालले सामान्य सोधपुछ गर्दा कुटपिट गरेको स्वीकारेका छन । अबेगमा आएर यस्तो घटना भएको उनले बताएका छन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।