लालबाबुको सम्पतिः बैंकमा २५ रुपैयाँ, घरमा पुरानो साइकल


काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग ४ विघा २ कठ्ठा जमिन सहित बैंकमा नगद मौजाद रहेको विवरण पेश गरेका छन् ।

मन्त्री पण्डितले सार्वजनिक गरेको विवरण अनुसार उनको जमिन पैतृक रुपमा आर्जन भएको उल्लखे गरिएको छ ।

त्यस्तै सगोलको ४ आना जग्गा ललितपुरको भैसेपाटीमा रहेको र पैत्रिक रुपमा प्राप्त गरेको उल्लेख गरेका छन् ।

मन्त्री पण्डितले सम्पत्ति विवरणमा पत्नी विमला पण्डितसँग १० तोला सुन र १५ तोला चाँदी रहेको उल्लेख गरेका छन् जुन पैत्रिक रुपमा प्राप्त भएको जनाइएको छ ।

पण्डितसँग एभरेष्ट बैंकको मुद्दती खातामा २५ बैंक व्यालेन्स रहेको छ । उक्त रकम पैत्रिक रुपमा आर्जन भएको जनाएका छन् । त्यस्तै पत्नी विमला पण्डितसँग एभरेस्ट बैंक र कृषि विकास बैंकको मुद्दती खातामा ३० लाख रहेको उल्लेख गरेका छन् । जसलाई उनले स्वआर्जन, पैत्रिक र व्याज भएको उल्लेख गरेका छन् ।

उनले आफ्नो समपत्ति विवरणको सवारी साधन शिर्षकको विवरणमा एक थान पुरानो साइकल उल्लेख गरेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।