दमक ७ का वडाध्यक्षको घरमा बम बिस्फाेट


दमक । झापाको दमकमा बम बिस्फोट भएको छ । दमक नगरपालिका वडा नं ७ का वडाअध्यक्ष भिम प्रसाद पौडेलको घरमा बम बिस्फोट भएको हो ।

बिस्फोटमा परी २ जना स्थानीय घाईते भएका छन् । दमक ८ निवासी स्यामु राई र त्रिलोचन पोखरेल घाइते भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घाइतेहरुको दमकस्थित लाईफ लाईन अस्पतालमा उपचार भइरहेको छ ।

बम कस्ले र किन बिस्फोट गराएको हो भन्ने अहिले नै खुल्न नसकेको र अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय दमकका डीएसपी दिपक गीरीले जानकारी दिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।