प्रधानमन्त्री ओली संसदीय दलको नेतामा चयन


नेपाल समाचारपत्र, काठमाडौं,
प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्यूनिष्ट पार्टीको संसदीय दलको नेता चयन हुनुभएको छ ।

आज नेकपा संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीले दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो । नेकपाका नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री ओलीलाई दलको नेतामा चयन गर्न गर्नुभएको प्रस्तावमा सबै साँसदहरुले समर्थन जनाउनुभएको थियो ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकिकरण भएर नेकपाको स्थापना भएपछि संसदीय दलको नेता चुन्नपर्ने बैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री ओली सो पदमा चुनिनु भएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।