पाइलट आदित्यनाथ नेपाली जो मकालु एयरका अध्यक्ष क्याप्टेन फिजुका एक्ला छोरा थिए


काठमाडौँ । हुम्लाको खार्पुनाथमा मकालु एयरकोे विमान दुर्घटनामा मृत्यु हुने पाइलट आदित्यनाथ नेपाली एयरलाइन्सका अध्यक्ष फिजुनाथ नेपालीका एक्लो छोरा भएको पहिचान भएको छ । फिजुनाथ पनि पाइलट हुन भने आदित्यनाथ मकालु एयरको म्यानेजिङ डाइरेक्टर थिए । नेपालीसँगै दुर्घटनामा क्याप्टेन किरण भट्टराईको पनि मृत्यु भएको थियो ।

शव सिमिकोट विमनस्थलमा लगिएको छ । दुर्घटनास्थल खार्पुनाथ सिमीकोट विमानस्थलबाट ७.७ माइल दक्षिणपूर्व पर्छ । बिहान ६ः१२ बजे उडेको विमानको नेपालगन्ज टावरसँग ६ः२७ बजे अन्तिम सम्पर्क भएको थियो । दुर्घटनाअघि पाइलट नेपालीले विमान बादलमा हराएको जानकारी गराएका थिए । सुर्खेतबाट उडेका मकालु एयरको कार्गो विमान खराब मौसमका कारण बिहान दुर्घटना भएको हो ।

तस्बीरमाः अामासँगै रहेका पाइलट अादित्यनाथ सेतो कट्टुमा ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।