ह्वात्तै घट्यो सुनको भाउ


काठमाडौँ  । बुधबार सुनको मुल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । मंगलबार ५९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार ५८ हजार ७०० रुपैयाँमा झरेको हो ।

त्यस्तै, तेजावी सुन बुधबार ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबारको तुलनामा तेजावी सुनको मुल्य पनि ५ सय रुपैयाँले घटेको हो ।

यता, चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा १० रुपैयाले घटेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।