बसपार्कमा अपांगमैत्री शौचालय निर्माण


काठमाडौँ ।  नेपालको एकमात्र राष्ट्रिय बसपार्क गोँगबुको नयाँ बसपार्कमा अपांगमैत्री शौचालय निर्माण भएको छ ।

पचास वर्षका लागि नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिले शारीरिक रुपमा अपांग भएका यात्रुलाई लक्षित गरी शौचालय निर्माण गरेको हो । यसअघि बसपार्कभित्र अपांगमैत्री शौचालय थिएन ।

ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले अपांगता भएका यात्रुलाई लक्षित गरेर रु २५ लाख लागतमा शौचालय निर्माण गरेको जानकारी दिनुभयो ।

“शौचालयभित्र ह्विलचियरसमेत जान मिल्ने गरी निर्माण गरेका छौँ,”– उहाँले भन्नुभयो । शौचालयभित्र महिला र पुरुषका लागि छुट्टाछुट्टै ढोकाको व्यवस्था गरिएको छ ।
कूल १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा एक हजार सवारीसाधन पार्किङ गर्न मिल्नेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।