लौ है, पाठकवृन्द!



मोदी आए, धुमधाम घुमफिर गरे, फर्किए। उनी फर्किए पनि भ्रमणसँग जोडिएका तीतामीठा प्रसंग अझै बाँकी छन्। आफूखुसी तय गरेको भ्रमण र तयार पारेको भ्रमण तालिका भएकाले भारतले भ्रमण पूर्ण सफल मानेको छ। यता सत्तापक्षले पनि आँखा चिम्लिएर भ्रमण पूर्ण रूपमा सफल भएको दाबी ग¥या छ।

द्विपक्षीय सम्बन्धमा कुनै तुष बाँकी नरहेको सरकारको दावी छ। सत्ता पक्षले भन्ने नै यस्तै हो, यस्तो टिप्पणी आएन भने के को सत्तापक्ष ? आखिर वर्षांैदेखिको ‘रेडिमेड चलन’ नै यस्तै छ। तर अहिलेको सत्तापक्ष विपक्ष र विपक्षमा भएका दल सत्तामा भए चाहिँ भ्रमणको टिप्पणी धेरै फरक आउथ्यो, धरहरा ग्यारेन्टी गर्न सक्छ। सत्तापक्ष दल प्रतिपक्षमा भए सरकार लम्पसारबादी भएको, खै के–के परस्त भएको छेलोखेलो टिप्पणी आउथ्यो।

मोदीको स्वागतमा उता २ नं प्रदेशका मुख्यमन्त्री राउत लम्पसार परेको देख्दा धरहरा मात्रै होइन, राजनीतिमा चासो राख्ने जो कोही तीनछक प¥या छन्। उनलाई चुनाव लड्न, मुख्यमन्त्री बन्न, सपथ लिन, राज्यले तोक्या सेवा सुविधा लिन संविधानले कहीँकतै छेकबार गरेन। ‘संविधानले विभेद् ग¥यो’, ‘राज्यले हेप्यो’ भन्दै उनी मोदीका अघि लम्पसार पर्नु कति सान्र्दभिक हो, सही÷गलत छुट्याउने काम पाठकवृन्दहरूका⁄

प्रतिक्रिया दिनुहोस्