सीपी गजुरेल पक्राउ


काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीका नेता सीपी गजुरेलसहित २९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ पुरुष र ५ महिला रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहन थापाका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोध गरेको आरोपमा उनीहरुलाई रत्नपार्कबाट शनिबार दिउँसो नियन्त्रणमा लिइएको हो ।

मोदीविरुद्ध उनीहरुले रत्नपार्कमा विरोध सभा नै आयोजना गरेका थिए । उनीहरुलाई सभा गरिरहेकै अवस्थामा नियन्त्रणमा लिइएको डीएसपी थापाले बताए ।

गजुरेलसहित पक्राउ परेका २९ जनालाई परिसरको हिरासतमा राखिएको छ । मोदी विरोधी गतिविधि नियन्त्रण गर्ने भन्ने आदेशअनुसार उनीहरुलाई नियन्त्रण लिइएको परिसरले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।