उपेन्द्रले मोदीलाई एक्लै भेटे


काठमाडौँ  । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित एक्लै भेट गरेका छन् ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहालले पनि मोदीलाई एक्लै भेटेका थिए । तर, नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका नेताहरु भने सामूहिक भेट गरेका थिए ।

दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरेका छन् ।

आज बिहानै मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्किएका मोदीले पशुपतिनाथमा विशेष पूजा गरेर हायात होटल फर्किएपछि राजनीतिक दलका नेताहरुसँग भेटघाट गरिरहेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।