बझाङमा बेमौसमी बाढीले तनावः ३ जनाको ज्यान गयो, २ जना बेपत्ता



नेपाल समाचारपत्र, बझाङ ।

गएराति परेको असिना–पानीसँगै बझाङमा बाढी आएको छ । जिल्लाका विभिन्न ठाँउमा बाढी र असिनापानीले ३ जनाको ज्यान गैसकेको छ भने २ जना अझै बेपत्ता भएका छन् । बाढीमा परेर  स्थानीय ढोड्या खेत बजारबाट घर फर्कने क्रममा गुहे खोलामा आएको बाढीले बगाउँदा थलारा गाउँपालिका–४ का एकै परिवारका २ सहित ३ जनाको मृत्यू भएको छ भने २ बालबालिका बेपत्ता छन्।

मृत्यु हुनेमा थलारा गाउँपालिका–४ का २८ वर्षीय हर्क विक, उनकी श्रीमती २५ वर्षीया डल्लीदेवी विक र उनीहरुसँगै रहेकी सोही गाउँकी ३५ वर्षीया कलसा विकको बाढीले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । हर्कका ३ वर्षीय छोरा सक्षम र ६ वर्षकी छोरी मनिसा भने अझै भेटिएका छैनन् ।

करिब राति साढे ९ बजेतिर परेको भारी वर्षाका कारण बाढी गएको प्रहरी अधिकारीहरुले बताएका छन् । बेपत्ता बालबालिकाको खोजीकार्यका लागि इलाका प्रहरी चौकी थलाराको टोली र गाउँपालिका अध्यक्षसहितका जनप्रतनिधि घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

बाढिमा परी जिल्लाको केदारस्य गाँउपालिकाको सडीखोलमा अवस्थीत २ घर बगाएको छ भने घरमा पालिएका ९ वटा बाखा्रसहित ठुलो धनमालको क्षती भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्