यातायात व्यवसायी महासंघका अध्यक्ष कर्माचार्यसहितका केही पदाधिकारी पक्राउ


काठमाडौं । यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित महासंघका पदाधिकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ। अत्यावश्यक सेवा अवरुद्ध गरेको अभियोगमा अपराध महाशाखाको टोलीले शनिबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । कर्माचार्य आन्दोलन मूल समितिको संयोजक पनि हुन् ।

पक्राउ पर्नेमा कर्माचार्यसँगै उपाध्यक्ष विजय स्वाँर, बसन्त भण्डारी, धर्म धिमाल, किरण खड्का छन् । अध्यक्ष कर्माचार्य, वरिष्ठ उपाध्यक्ष विजय स्वार, उपमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष किरण खड्कालाई नयाँ वानेश्वरबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।

थप आन्दोलनको तयारी गरेपछि महासंघका पदाधिकारीलाई पक्राउ गरिएको बताइएको छ। महासंघका अध्यक्ष कर्माचार्य यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक समेत हुन्।

सिन्डिकेट कायम राख्न माग गर्दै हिजो यातायात व्यवसायीहरुले गाडी नचलाएपछि सरकार व्यवसायी विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको छ। 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।