काठमाडौं । आन्दोलनरत यातायात व्यवसायीले आजदेखि नियमित रुपमा सेवा सञ्चालन गरेका छन् । यातायात व्यवसायी महासंघ आन्दोलनका संयोजक योगेन्द्रनाथ कर्माचार्यले देशभर नै सम्पूर्ण सार्वजनिक यातायात सेवा पुनः सञ्चालन गरेको जानकारी दिनुभएको हो ।
उहाँले हिजोको यातायात बन्दका कारण सर्वसाधारणले भोग्नुपरेको समस्याप्रति क्षमायाचना गर्दै अर्को निर्णय नभएसम्म यातायात सञ्चालन गर्ने बताउनुभयो । यातायात व्यवसायीलाई निर्शत रिहा गरिनुपर्ने तथा यातायात क्षेत्रमा देखिएका विद्यमान समस्याको समाधानका लागि सरकारले आफूहरुलाई वार्तामा बोलाउनुपर्ने कर्माचार्यको भनाइ छ ।











प्रतिक्रिया