लामो दुरीमा चल्ने यातायात ठप्प


नेपाल समाचारपत्र, काठमाडौ ।

सरकारले एकतर्फी रुपमा निर्देशिका ल्याएर आफूहरुको व्यवसाय नै संकटमा पार्न खोजेको गुनासो गरिरहेका यातायात व्यवसायीले बिहीबार मध्यान्हबाट लामो दूरीका लागि छुट्ने बस बन्द गराएका छन् ।

यातायात क्षेत्रमा भइरहेको सिन्डिकेट तोड्न भन्दै सरकारले ल्याएको निर्देशिकाको सर्वसाधारण स्वागत गरे पनि व्यवसायीले भने विरोध गरेका छन् ।

जसका कारण व्यवसायीलाई सिन्डिकेट लाद्न खोजेको आरोप लागिरहेको छ । यसैबिच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोषणा गरेको आन्दोलनअनुरुप लामो दूरीका बस रोकेको हो ।

महासंघले भोलि सांकेतिक रुपमा देशभर सबै सार्वजनिक यातायात सेवा ठप्प पार्ने कार्यक्रम घोषणा गरेको छ । महासंघका एक अनुसार मध्यान्हभन्दा पछि छुट्ने सवारी भोलि सडकमै भेटिने भएकाले आजैबाट गाडी बन्द गरेको आन्दोलनकर्ताहरुले बताएका छन् ।

।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।