एमाले र माओवादी काँग्रेसकै मार्गमा- मोहन वैद्य


नेपालगञ्ज ।  नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले सशस्त्र जनयुद्ध र दोस्रो जनआन्दोलनले आंशिक राजनीति परिवर्तन मात्र भएको बताएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघद्वारा आइतबार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, “मुलुकको कम्युनिष्ट आन्दोलन अहिले अवसरवादमा रुपान्तरित भएको छ, संसदीय व्यवस्थासँग सम्झौता भएको छ ।”

सच्चा कम्युनिष्टहरुले संसदीय व्यवस्थालाई उपयोग गर्ने हो, स्वीकार गर्ने होइन भन्दै महासचिव वैद्यले अहिले आफूलाई वाम र कम्युनिष्ट भन्नेहरुले नेपाली काँग्रेसकै संसदीय व्यवस्था मानेको विचार व्यक्त गरे ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।