कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट फेरि सुरु


काठमाडौं । नेपाली कांग्रेसको स्थगित केन्द्रीय समितिको बैठक आजबाट फेरि सुरु हुने भएको छ । चैत्र १७ देखि स्थगित बैठक ११ बजे देखि केन्द्रिय कार्यालय सानेपामा सुरु भएको हो ।

 

निर्वाचन समीक्षाका लागि बोलाइएको बैठक केन्द्रिय सदस्य खुम बहादुर खड्काको निधनपछि स्थगित गरिएको थियो । चैत्र ९ देखि बसेको बैठकमा ४३ जना केन्द्रिय सदस्यले आफ्नो भनाई राखिसकेका छन् ।

 

स्थगित हुनुपूर्व बोल्ने अधिकांश केन्द्रिय सदस्य हरुले नेतृत्वको आलोचना गरेका थिए । बैठकमा नेताहरुले लिखित/अलिखित धारणा राख्दै आएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।