धावनमार्ग छाडेको मालिन्दो एयरलाइन्सको विमान हटाउने कार्य शुरु


काठमाडौं । त्रिभुवन विमानस्थलमा चिप्लिएर धावनमार्ग छाडेको मालिन्दो एयरलाइन्सको विमान हटाउने कार्य शुरु भएको छ । गय राति पौने १० बजे मलेसियाको क्वालालम्पुरका लागि उड्न लागेको विमान धावनमार्ग छाडेर करिब १५० फिट चौरतर्फ जोतिएको थियो ।

उक्त विमान नहटाएसम्म उडान भर्न नसकिने अबस्था भएपछि विमान हटाउन शुरु गरिएको छ । विमानस्थलका प्रवक्ता प्रेम नाथ ठाकुरले नेपाल समाचारपत्रलाई दिएको जानकारी अनुसार जहाज जहाज निकाल्न नेपाली सेनाको सहयोगमा काम शुरु भईसकेको छ । पानी परेका कारण काममा समस्या भएको बताइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।