कालीगण्डकीमा दुई युवा बेपत्ता

0
Shares

पाल्पा, (नेस)। नव वर्षको दिन पाल्पामा फेरि दुई युवा कालीगण्डकी नदीमा बेपत्ता भएका छन्। नयाँ वर्ष २०७५ को खुसियालीमा ऐतिहासिक एवम् पर्यटकीयस्थल रानीमहल घुम्न गएका उनीहरू नजिकै रहेको कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन्।

तानसेन नगरपालिका–१३ बौघागुम्हास्थित कालीगण्डकी नदीमा डुबेर बेपत्ता हुनेमा जिल्लाको रिब्दिकोट गाउँपालिका–३ हार्थोकका १८ वर्षीय संगम कार्की र सोही ठाउँका १८ वर्षीय आयुष खनाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताउनुभयो। उहाँका अनुसार पौडी खेल्ने क्रममा शनिबार दिउँसो करिब २ बजेतिर उनीहरू डुबेर बेपत्ता भएका हुन्। उनीहरूको खोजीकार्य जारी रहेको प्रहरी प्रहरीले जनाएको छ।

Skip This