एकै पटक सरुवा भएका ३० सचिव कहाँ कहाँ परे ? (सूचीसहित)

0
Shares

काठमाडौं । सरकारले एकै दिन ३० जना सचिवको सरुवा गरेको छ। अर्थ मन्त्रालयको सचिवमा राजन खनाल आएका छन्। खनाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए। राजश्व सचिव शिशिर ढुङ्गानालाई भने यथावत राखिएको छ।

‘हिजोको क्याबिनेट बैठकबाट सचिव सरुवा गरिएको हो’ सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने। शंकरप्रसाद अधिकारीलाई अर्थबाट उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ।

केपी ओलीको नेतृत्वमा नयाँ सरकारले भारत भ्रमणमा जानुअघि ठूलो संख्यामा सचिव सरुवा गरेको हो।

सञ्चार मन्त्रालयमा केदारबहादुर अधिकारीको ठाउँमा महेन्द्रमान गुरुङ ल्याइएका छन्। गृहसचिवमा प्रेमकुमार राईलाई ल्याइएको छ।

सरकारले अर्थ, ऊर्जा, जलस्रोत तथा सिंचाइ, शिक्षा, विज्ञान तथा प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दुई/दुई जना सचिव राख्ने निर्णय गरेको छ। कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्रालयमा भने तीन जना सचिवको दरबन्दी कायम गरिएको छ।

नाम सरुवा भएको ठाउँ साविकको कार्यालय
शंकरप्रसाद अधिकारी उपराष्ट्रपतिको कार्यालय अर्थ मन्त्रालय
लालशंकर घिमिरे प्रधानमन्त्रीको कार्यालय उपराष्ट्रपतिको कार्यालय
महेन्द्रमान गुरुङ सूचना तथा सञ्चार प्रविधि मन्त्रालय प्रधानमन्त्री कार्यालय
मोहनकृष्ण सापकोटा युवा तथा खेलकुद मन्त्रालय गृह मन्त्रालय
प्रेमकुमार राई गृह मन्त्रालय प्रधानमन्त्री कार्यालय
राजन खनाल अर्थ मन्त्रालय अख्तियार
महेश्वर न्यौपाने अख्तियार सार्वजनिक खरिद अनुगमन कार्यालय
देवेन्द्र कार्की नेपाल ट्रष्टको कार्यालय भौतिक मन्त्रालय
अर्जुनकुमार कार्की राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नेपाल ट्रष्टको कार्यालय
खगराज बराल शिक्षा प्रधानमन्त्री कार्यालय
मधुप्रसाद रेग्मी सार्वजनिक खरिद अनुगमनको कार्यालय शिक्षा
महेश दाहाल श्रम तथा रोजगार युवा तथा खेलकुद
लक्ष्मणप्रसाद मैनाली प्रधानमन्त्रीको कार्यालय श्रम
मधुसूदन अधिकारी भौतिक मन्त्रालय पुनर्निर्माण प्राधिकरण
युवकध्वज जिसी कृषि वन
विश्वनाथ ओली वन पशुपंक्षी
अनिल ठाकुर महिला आयोग आपूर्ति
कृष्णराज बिसी खानेपानी प्रधानमन्त्री कार्यालय (अतिरिक्त)
गजेन्द्रकुमार ठाकुर शिक्षा तथा विज्ञान प्रविधि खानेपानी
सञ्जय शर्मा ऊर्जा तथा सिँचाई विज्ञान
शरदचन्द्र पौडेल राष्ट्रिय योजना आयोग प्रधानमन्त्रीको कार्यालय
विष्णुप्रसाद लम्साल रक्षा राष्ट्रिय योजना आयोग
विनोद केसी राष्ट्रपति कार्यालय रक्षा
भूपेन्द्रप्रसाद पौडेल सूचना आयोग राष्ट्रपति कार्यालय
यादवप्रसाद कोइराला काठमाडौं महानगरपालिका प्रदेश प्रमुख सचिव प्रदेश नं १

Skip This