कार्यबाहक प्रधानमन्त्रीमा रक्षामन्त्री पोखरेल


काठमाडौं । कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री इश्वर पोखरेलले पाउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षामन्त्री पोखरेललाई दैनिक प्रशासनिक कार्य गर्नका लागि नेपालको संविधान बमोजिम कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको हो । राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गरी यसबारे जानकारी गराएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमणमा गएपछि पोखरेलले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी पाउनुभएको हो ।

मन्त्रिपरिषद्मा पोखरेल दोेस्रो बरियतामा हुनुहुन्छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।