एमाले-माओवादी एकता संयोजन समितिको बैठक बालुवाटारमा बस्दै


काठमाडौं  । नेकपा (एमाले) र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक  बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा  बस्दै छ ।

विवादित विषयमा लगभग सहमति जुटिसकेकाले पार्टी घोषणा समिति बनाउन लागिएको हो । कार्यदलले मिलाउन नसकेका विषयमा सहमति गर्न एकता संयोजन समितिको बैठक आज  डाकिएको हो ।

एकीकृत पार्टीको बिषयमा ‘धेरै विषय लगभग मिलिसकेको भए पनि  चुनाव चिह्न के हुने र विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने की नराख्ने भन्ने विषयमा कुरा मिलेका छैनन्  सोही बिषयमा आजको छलफल केन्द्रीत हुने एमाले एक नेताले जनकारी दिए ।

एमाले र माओवादीका नेताहरुले  बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन पार्टी एकता घोषणा गर्ने तयारी रहेको बताएका छन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।