एमाले संसदीय दलको उपनेतामा नेम्वाङ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

एमाले संसदीय दलको उपनेतामा सुवास चन्द्र नेम्वाङ चयन भएका छन् ।एमाले संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले पूर्वसभामुख नेम्वाङलाई दलको उपनेतामा चयन गरेको हो । बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेम्वाङलाई दलको नेता बनाउने प्रस्ताव राखेका थिए ।

यस्तै बैठकले एमाले प्रमुख सचेतकमा खगराज अधिकारीलाई चयन गरेको छ । उनी कांस्कीबाट निर्वाचित सांसद हुन । साथै बैठकले सचेतकमा भने शान्ता चौधरीलाई चयन गरेको ।