जिल्ला शिक्षा कार्यालय खारेज नहुने

0
Shares

काठमाडौं, (नेस)
जिल्लास्थित सरकारी कार्यालय खारेज हुन करिब एक साता बाँकी हुँदा सरकारले आगामी असार मसान्तसम्म जिल्ला शिक्षा कार्यालय तत्कालका लागि खारेज नगर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि जिल्ला शिक्षा कार्यालयहरू खारेज नगर्ने निर्णय गरेको हो। कानुनतः चैत २८ देखि जिल्ला शिक्षा कार्यालयहरू खारेज हुने भए पनि मन्त्रिपरिषद्को निर्णयपछि अब यथावत् रहने भएका छन्।

आगामी चैत्र २८ गतेदेखि म्याद सकिन लागेको जिल्ला शिक्षा कार्यालयको म्याद जिल्ला शिक्षा समन्वय समिति नबनेसम्मका लागि असार मसान्त लागू हुने गरी थप गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको प्रस्तावमा मन्त्री परिषद्मा लगेपछि सो निर्णय पास भएको हो। जिशिकाबाट धेरै जिम्मेवारी स्थानीय तहमा पुगे पनि विद्यालय क्षेत्र विकास कार्यक्रम, परीक्षा, तथ्यांक, अनुगमनलगायतको काम तत्काल व्यवस्थित गर्न समस्या पर्ने देखिएको थियो।