मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्रीको भारत भ्रमण एजेण्डा तय हुँदै


काठमाडौ । प्रधानमन्त्रीको भारत भ्रमणसहित विभिन्न बिषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

प्रधानममन्त्री के.पी ओली  चैत २३ देखि ३ दिनको लागि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । बैठकमा भ्रमणको एजेण्डासहित अन्य विभिन्न बिषयमा छलफल र निर्णय हुन सक्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संघीय संसद्अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभालाई  सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीको सम्बोधनसँगै राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश र चिकित्सा शिक्षा अध्यादेशसमेत स्विकृतिका लागि संसद्मा पेस गर्ने कार्यसूची छ। सरकारले संसद्मा अन्य विधेयक दर्ता नगराएकाले प्रधानमन्त्रीको सम्बोधनलगत्तै आजै संघीय संसद्को पहिलो अधिवेशन अन्त्य हुने सम्भावना रहेको सचिवालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।