बैतडीका ४२ वडा सचिव विहीन, जनताको सबै काम ठप्प


बैतडी । जिल्लाका ८४ वडा मध्ये ४२ वडा सचिवविहीन अवस्थामा छन् । शिवनाथ गाउँपालिकाको ६ वटै वडामा सचिव नभएको अध्यक्ष कर्णसिंह साउदले बताउनुभयो । ‘

सचिव नहुँदा जनताका सबै काम रोकिएको छ’ उहाँले भननुभयो, ‘जन्मदर्ता, मृत्यु दर्ता र विवाह दर्ता जस्ता व्यक्तिगत घटना दर्ता समेत हुन सकेको छैन ।’

,पञ्चेश्वर गाउँपालिकामा पनि ६ वडामध्ये ३ वडामा मात्रै सचिव छन् । अन्य वडाका सचिव सदरमुकाममै बस्ने गरेको अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो । सिगास गाउँपालिकाका ९ वडामध्ये ७ मा सचिव नभएको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो ।

पुरचौडी नगरपालिकाका १० मध्ये ७ वडामा सचिव छैनन् । डिलासैनी गाउँपालिका–७ वडामध्ये ४ वटा वडामा सचिव विहीन अवस्थामा छ । सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिकाका , पाटन नगरपालिका , र दशरथचन्द नगरपालिकामा पनि केही वडा सचिव विहीन छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।