काठमाडौँको बबरमहलमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु


काठमाडौँ । काठमाडौँको बबरमहलमा बसमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बा १ ग २२३५ नम्बरको बसमा बा ८० प ११७३ नम्बरको मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका काभ्रे पनौतीका १८ वर्षीय निश्चल बस्नेतको पचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले सोमबार तीव्र गतिमा आएको मोटसाइकल एक्कासी बसमा ठोक्किँदा दुर्घटना भएको जानकारी दिए । उनले मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।